“रोजगार र आत्मनिर्भरतामा हाम्रो प्रतिवद्धता ।, वचत गरेर धनी हुने हाम्रो दृढता” भन्ने मुल नाराका साथ २०६४ साल फागुन ३ गतेका दिन ३८ जना सदस्यहरुको सहभागितामा यो संस्था स्थापना भएको हो ।  स्याङ्जा डिभिजन सहकारी कार्यालयमा  दर्ता नं. १५१।०६४/०६५ मा दर्ता भएको छ । दैनिक रुपमा बचत तथा ऋणको कारोबार लगाएत सहकारी पसल र कृषि खेती संचालन गरि समुदायमा छरिएर रहेको स-सानो रकमलाई निक्षेपको रुपमा एकिकृत गरी तिनै सदस्यहरुबाट जम्मा भएको निक्षेप रकमलाई सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्नका लागि सरल र सुलभ तरिकाबाट कर्जा उपलब्ध गराई विभिन्न कार्यहरु संचालन गर्दै आईरहेको छ । विभिन्न आयमुलक, सेवामुलक, कल्याणकारी कर्जाको रुपमा सदस्यहरुलाई लगानी गरी सदस्यहरुको आय आर्जनमा टेवा पुर्याउदै आएको छ । पुतलीबजार नगरपालिका क्षेत्र भित्र विभिन्न समुदायमा बसोबास गर्ने मानिसहरुले यस संस्थाप्रति गरेको माया ममता विश्वास र सहयोगले गर्दा नै आज संस्था विभिन्न उतार चढावको वाबजूद पनि अगाडी वढ्न सफल भएको छ ।